बिहान खाली पेटमा कहिल्यै नखानुहोस् यी ६ खानेकुरा

बिहान खाली पेटमा कहिल्यै नखानुहोस् यी ६ खानेकुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामान्यतयाः बिहान खाली पेटमा चिया, कफीसँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चिया,कफीसँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् ।

बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले उर्जा दिनुका साथै शरीरमा आउने समस्यालाई मद्धत गर्दछ ।

विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन । बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँछ ।

त्यसैले बिहानको नास्ता राम्रो भएन भने यसले स्वास्थ्यमा बढी असर गर्छ र दिनभरी नै बिग्रन्छ । धेरै पटक यो खराब ब्रेकफास्टको असर तुरुन्तै देखिँदैन तर लामो समयपछि शरीरमा असर हुन थाल्छ ।

यस्तो अवस्थामा मोटोपना मात्र नभई मधुमेह, उच्च कोलेस्ट्रोल र रक्तचापजस्ता समस्या पनि देखा पर्न थाल्छन् । साथै, यदि बिहानको नाश्ता राम्रो छ भने यसले बिहानको राम्रो स्फुर्ती मात्र प्रदान गर्दैन, स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पनि टाढा राख्छ।

बिहान खाली पेटमा खान नहुने कुराहरु ?

ब्यागेल्स
पोषणविद्हरू भन्छन् कि क्रोइसेन्ट वा ब्यागेलहरू बिहानको खाजामा कहिल्यै खानु हुँदैन। यी परिष्कृत उत्पादनहरू हुन्फ जसमा न त फाइबर, न प्रोटीन वा राम्रो फ्याट हुन्छ। यी खानेकुराले मोटोपना बढाउँछ मुड बढ्छ र दिनभर भोकै रहन्छ।

कफी
बिहानको खाजामा कफी वा चिनीयुक्त कफी पिउनु हुँदैन । पोषणविद्हरूका अनुसार कफीले कोर्टिसोल र तनाव हार्मोनलाई असर गर्छ र भोक पनि कम गराउँछ ।

स्मूदी बल

यी स्मूदी बलहरू वा असई बलहरूमा अत्यधिक क्यालोरीहरू हुन्छन् र यसले शरीरलाई सही पोषक तत्वहरू प्रदान गर्दैन।

चिनीयुक्त खाधान्न
बिहानको खाजामा चिनीयुक्त अनाज खानु दिनको सबैभन्दा खराब सुरुवात हो। यी खाँदा सुरुमा शरीरलाई ऊर्जा त मिल्छ तर एक्कासी ऊर्जा पनि गायब हुन्छ । यस्तो अवस्थामा चिनीयुक्त अनाजबाट दिनको सुरुवात गर्नुहुन्न ।

जुस

बिहान खाली पेटमा जुस पिउनु पनि फाइदाजनक हुँदैन । यसले पेटमा अनावश्यक भार दिने भएकाले शरीरलाई फाइदा गर्दैन ।

दही
दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लियपना बढाउँछ । पेटमा अम्लताको स्तर बिगार्छ । खाली पेटमा दुधबाट उत्पादन हुने खानेकुराहरुले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ । जसले एसिडिटी बढाउँछ ।

अमिलो फलफूल

फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कुनै कुनै फलफूल बिहानको समयमा खान हुँदैन । केही फलफूलहरुको स्वाद अमिलो हुन्छ । ति फलफूलको सेवनले पेटमा एसिड उत्पादन गर्छ । साथै, यस्ता फलफूलमा अधिक मात्रामा फाइबर र फ्रक्टोज पनि हुन्छ । जसले खाली पेटमा पाचन तन्त्रलाई कमजोर बनाउँछ ।