नेकपाको स्थायी बैठकमा ओली-प्रचण्डलाई बामदेबको टक्कर : छुट्टै प्रतिवेदन पेश

नेकपाको स्थायी बैठकमा ओली-प्रचण्डलाई बामदेबको टक्कर : छुट्टै प्रतिवेदन पेश


काठमाडौं – शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयलाई टक्कर दिँदै सचिवालय सदस्य नेता बामदेब गौतमले । लिखित रुपमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

 २२ पृष्ठ लामो त्यो प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको थियाे।

अध्यक्षद्धयको प्रतिवेदनपछि गौतमले व्यक्तिगत रुपमा आफ्नो प्रतिवेदन पेश गरेका हुन् । ओलीसँग निकट रहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट हुँदै आएका छन् । उनले तत्कालीन एमालेमा हुँदा पनि आफ्नो छुट्टै गुटका लागि कोसिस गर्थे ।

महाधिवेशनका बेलामा ओलीसँग निकट भएका थिए । तर, पार्टी एकतापछि भने गौतम अध्यक्ष ओलीसँग रुष्ट हुँदै गएका छन् । अर्को बैठक सोमबार विहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।