ज्ञानेन्द्रको सक्रियतासँगै कांग्रेसमाथि प्रश्न : संविधान भत्काउन खोजेको हो ?

ज्ञानेन्द्रको सक्रियतासँगै कांग्रेसमाथि प्रश्न : संविधान भत्काउन खोजेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शक्तिशाली महासमिति बैठक चलिरहेको छ । हिन्दूराष्ट्रको बहस चर्किएको महासमिति बैठक नसकिँदै कांग्रेसमाथि गम्भीर प्रश्न खडा भएको छ – कांग्रेसले संविधान भत्काउन खोजेको हो ?

बलिदानपूर्ण संघर्षपछि स्थापित गणतन्त्रविरुद्ध खुलेआम नारावाजी गर्ने र राजतन्त्र फर्काउने प्रयास समेत भित्रभित्रै चलिरहेको छ । पूर्वराज ज्ञानेन्द्र शाह पोखरामा गएर पूजापाठ गर्दै गणतन्त्रविरुद्ध नारावाजी गर्नेहरूलाई अवसर दिइरहेका छन् । साथसाथै विभिन्न भेटघाटमा समेत सक्रिय रहेको सार्वजनिक भएका छन् । ज्ञानेन्द्र शाह पोखरा गएपछि राप्रपाका नेता कमल थापादेखि पशुपति शम्शेर जबरा पोखरा पुगे ।

पोखरामा ज्ञानेन्द्र शाह सहभागी भीडमा नारा लागे – गणतन्त्र मुर्दावाद ! राजा आउ देश बचाउ । हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ । टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ ।’ कांग्रेसको महासमिति बैठकमा उठेको हिन्दूराष्ट्रको प्रसङ्ग ज्ञानेन्द्रका गतिविधि र राजतन्त्र फर्काउने प्रयाससँग प्रत्यक्ष नजोडिएलान् । तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रममा दिएको अभिव्यक्तिले कांग्रेसको हिन्दूराष्ट्र र कमल थापाको राजतन्त्र आपसमा जोडेर विश्लेषण गर्न मिल्ने भएको छ ।

राजधानीमा प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘संविधानका चार पिल्लर छन् – गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता ।’ चार पिल्लरमध्ये कुनै एक पिल्लर पनि भत्किए संविधान नै असफल हुने प्रचण्डको तर्क छ । चार पिल्लरमध्ये धर्मनिरपेक्षता पिल्लर भत्काउने बहस कांग्रेसभित्र चर्किएको छ ।

कांग्रेस भित्रको बहसले मूर्तरुप लिँदै कांग्रेस पार्टीले नै हिन्दूराष्ट्रको एजेन्डा बोक्ने अवस्था आयो भने संविधानको एक पिल्लर खतरामा पर्न सक्छ । हिन्दू धर्मावलम्बीको संख्या र भावनात्मक समर्थनलाई हेरेर धर्मलाई मुद्दा बनाउँदै राजनीतिक लाभ लिनतिर कांग्रेस गयो भने संविधान संकटमा पर्न सक्छ ।निर्वाचनमा पराजय भोगेको र सत्ताबाहिर बस्नुपर्दाको पीडा भोगिरहेको कांग्रेसले जनसमर्थक बटुल्न धार्मिक मुद्दा अँगाल्न सक्ने खतरा पनि देखिन्छ । कांग्रेसका महामन्त्री शशांक कोइरालाले नै धार्मिक मुद्दाको नेतृत्व गरिरहेका छन् ।

संविधानको एउटा पिल्लर ढलेर संविधान नै खतरामा परेको अवस्थामा गणतन्त्रलाई ढालेर राजतन्त्र फर्काउने चाहनेहरूलाई पनि सहयोग पुग्नेछ । कांग्रेसको हिन्दूराष्ट्रले राजतन्त्रलाई पनि मलजल गर्नेछ । ‘नेपाली कांग्रेसको महासमिति बैठकमा चलेको हिन्दूराष्ट्रको बहसले कांग्रेसलाई धार्मिक अतिवादतर्फ डोर्याउने खतरा रहेको छ । राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा लगाउन मिल्दैन,’ प्रचण्डले भने, ‘वीपीले हिन्दू संस्कार नै अंगाल्नुपर्छ भनेर कहिल्यै भन्नुभएन । तर बीपीले निर्माण गरेको पार्टीमा हिन्दू राष्ट्रको बहस भइरहेको छ, यो बिल्कुलै अमिल्दो कुरा हो ।’

संविधान सभाबाट संविधान निर्माणदेखि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको पिल्लर खडा गर्न ठूलो संघर्ष गरेका प्रचण्डलाई कांग्रेस भित्रको बहसले चिन्तित बनाउनु सामान्य विषय होइन । कांग्रेसको महासमितिमा भइरहेको हिन्दूराष्ट्रको बहसले संविधानलाई नै खतरामा पार्नसक्ने खतरा प्रचण्डले सन्निकट देखेका हुन सक्छन् ।

संविधान सभाबाट संविधान घोषणा गर्न महत्त्वपूर्ण उपलब्धी संस्थागत गर्ने प्रचण्ड सँगसँगै गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सहभागी भएका हुन् । कांग्रेस पार्टीका संस्थापक वीपी कोइरालाले राजासँग पटक-पटक संघर्ष गर्नुप¥यो । कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र पुर्खाको योगदानकै अपमान गर्ने गरी राजतन्त्रवादीलाई फाइदा पु¥याउने काम नगर्ला भन्ने अपेक्षा र कामना गरेर बस्नुबाहेक अरु उपाय छैन । जय नेपाल !