सिरहामा भेटियो प्रेसरकुकर बम, सेनाको डिस्पिोजल टोली घटनास्थलमा

सिरहामा भेटियो प्रेसरकुकर बम, सेनाको डिस्पिोजल टोली घटनास्थलमा


जनकपुर – सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान प्रेसरकुकर बम फेला परेको छ। टेलिकम टावरदेखि करीब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेका इलाका प्रहरी कार्यालय गोलब जारले जनाएको छ।

प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन्। घटनास्थल अहिले सिरहाको चोहर्वा्स्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले २०० मिटरको दूरीमा घेरा हालेर राखेको छ।

त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ। स्वतन्त्र तराई निर्माण सेनाको पर्चा बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ। मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासनविरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको त्यसका लागि हुने संघर्षलाई निरन्तराता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ।