उर्जामन्त्रीकोे चेम्बरमा सोफा हटाएर बाँसका कुर्सीले ‘चिटिक्क’

उर्जामन्त्रीकोे चेम्बरमा सोफा हटाएर बाँसका कुर्सीले ‘चिटिक्क’


काठमाडौं – उर्जा मन्त्री वर्षमान पुनले चेम्बरमा बाँसका कुर्सी प्रयोगमा ल्याएका छन् । दुई सातायता मन्त्री पुनले आफूलाई भेट्न आउनेहरूलाई तिनै बाँसका कुर्सीमा बसाउने गरेका छन् ।

सिंहदरबारभित्रका मन्त्री र सचिवका कार्यालयमा प्राय : सोफाहरू राखिएका हुन्छन्। केही समयपहिला त हाकिमका कुर्सीमा टावेल पनि राखिएको हुन्थ्यो। पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टावेल हटाउन निर्देशन दियो।

उर्जा मन्त्री वर्षमान पुनको चेम्बरमा छिर्दा भने सोफा देखिदैँनन् बरू चिटिक्क परेका बाँसका कुर्सी भेटिन्छन्। ‘यसको डिजाइन पनि उहाँ आफैंले गर्नुभएको हो, ’ मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले भने, ‘अन्य कोठामा पनि यस्तै डिजाइन राखिएको छ ।’ कोठामा प्रयोग भएका कार्पेटदेखि भित्तामा राखिएका अन्य सामग्री पनि नेपालमै बनेको खड्काले जानकारी दिए । नेपाली कलाको सम्मान गर्दै मन्त्री पुनले चेम्बरमा नयाँ प्रयोगको थालनी गरेका हुन् ।