सहसचिवको सूची सार्वजनिक,भ्रष्टाचारको आरोप लागेका चुडामणि शर्मा एक नम्बरमा (नामावलीसहित)

सहसचिवको सूची सार्वजनिक,भ्रष्टाचारको आरोप लागेका चुडामणि शर्मा एक नम्बरमा (नामावलीसहित)


काठमाडौं – कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । कर्मचारी समायोजनको प्रक्रियामा रहेको मन्त्रालयले प्रशासन समुहतर्फका सह सचिवहरुको बरियताक्रम सार्वजनिक गरेको हो।

मन्त्रालयले सार्वजनिक गरेको बरियता क्रममा भ्रष्टाचारको आरोप लागेका सह सचिव चूडामणि शर्माको नाम पहिलो नम्बरमा रहेको छ। कर्मचारी समायोजनका लागि जेष्ठतालाई पहिलो आधार बनाइएकाले मन्त्रालयले जेष्ठताको सूचि सार्वजनिक गरेको हो।

शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा समेत दायर भएको छ। शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।

हेर्नुहोस् नामावली