कञ्चनपुरका सांसदको सरकारलाई सार्वजनिक आग्रह : अनियमित गतिविधिमा तत्काल रोक लगाऊ

कञ्चनपुरका सांसदको सरकारलाई सार्वजनिक आग्रह : अनियमित गतिविधिमा तत्काल रोक लगाऊ


महेन्द्रनगर – कञ्चनपुरबाट निर्वाचित पाँच जना प्रदेशसभा सदस्यले जिल्लामा भइरहेका अनियमित गतिविधि रोक्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सत्तापक्षीय सांसदहरूले सार्वजनिक रुपमै प्रेस विज्ञप्ति जारी गर्दै महेन्द्रनगर नगर विकास समितिको जग्गा लीज घोटाला र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षक, कर्मचारी भर्ना अनियमितताबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा कञ्चनपुरबाट निर्वाचित सांसद तथा तत्कालीन नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ, लालबहादुर खड्का, महेशदत्त जोशी, मानबहादुर सुनार र कुलवीर चौधरीले हस्ताक्षर गरेका छन् । सबै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि महेन्द्रनगरबाट उठेको आवाज देशभर फैलिएपछि हाल महेन्द्रनगरमा नगर विकास समितिको लीज घोटाला र विश्वविद्यालयमा कर्मचारी भर्ना प्रकरण चर्चामा रहेको छ । नगर विकास समितिको सार्वजनिक जग्गामा अवैध रुपमा धमाधम संरक्षण निर्माण हुँदा समेत सरकारी निकायले नियन्त्रण नगरेपछि आलोचना भइरहेको छ ।

जनस्तरमा सरकारको आलोचना भइरहँदा प्रदेश सांसदले सार्वजनिक विज्ञप्ति नै निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । नगर विकास समिति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिसक्दा कारवाही प्रक्रिया अगाडि बढेको छैन । यस्तो छ प्रदेश सांसदले जारी गरेको विज्ञप्ति :-