पाकिस्तानी सेनाको आक्रमणमा दुई नेपालीको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा दुई नेपालीको मृत्यु


काठमाडौं – पाकिस्तानी सेनाको आक्रमणमा परि भारतीय सेनाका सुवेदार पदमा कार्यरत दुई नेपालीहरु मारिएका छन् । रुपन्देहीको तिलोत्तमा-९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २\८ गोर्खा राइफल्समा भर्ती भएका थिए  उनका पत्नी र दुई छोरा छन् । त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् । भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।