नेकपा स्थायी बैठकमा प्रधानमन्त्री ओलीले आज जवाफ दिने

नेकपा स्थायी बैठकमा प्रधानमन्त्री ओलीले आज जवाफ दिने


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्यले उठाएका प्रश्नको (आज) बिहिबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा जवाफ दिनेछन्।

बुधबारको बैठकमै जवाफ दिने भनिए पनि ओलीको कार्यव्यस्तताका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र जवाफ दिएका थिए। प्रचण्डले सरकार पार्टीले नै चलाउनुपर्ने भन्दै विद्यमान समस्या समाधानका लागि कार्यदल निर्माण गर्न प्रस्ताव गरेका छन्।

दुई तिहाइको सरकार चलाउने अवसर पाउँदा पनि सोचेजस्तो काम गर्न नसकेको भन्दै बैठकमा चर्को आलोचना भएपछि प्रचण्डले पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या र उठेका गुनासा सम्बोधनमा स्थायी कमिटी सदस्यहरू नै रहनेगरी उच्चस्तरीय कार्यदल बनाउन प्रस्ताव गरेका हुन् । पार्टी र सरकार दुवैको नेतृत्वमा रहेका कारण अर्का अध्यक्ष ओलीको अधिकांश स्थायी कमिटी सदस्यले आलोचना गरेका छन्।