नेकपा स्थायी बैठक सकियो, ओली-प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित

नेकपा स्थायी बैठक सकियो, ओली-प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक-सांगठनिक प्रतिवेदन नेकपा स्थायी समिति बैठकले परिमार्जन सहित सर्वसहमतिले पास गर्दै नेकपाको बैठक शुक्रबार सकिएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए अनुसार केन्द्रीय सचिवालयले अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जनको काम गर्नेछ। बैठकले पुष मसान्तभित्र पार्टीको सांगठनिक एकिकरणको काम सम्पन्न गर्ने निर्णय गर्दै त्यसका लागि ८ सदस्यीय कार्यदलको गठनपनि गरेको छ।

कार्यदलमा महासचिव बिष्णु पौडेल, रामबहादुर थापा, शंकर पोखरेल, बर्षमान पुन, योगेश भट्टराई लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भूषाल छन्। कार्यदलले पुष मसान्तअघि नै सांगठनिक एकिकरण सम्बन्धी सुझाव प्रतिवेदन पेश गर्ने र स्थायी समिति बैठकपनि बसेर आवस्यक निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए।