किन नेपाल आउँदैछन् जापानी विदेशमन्त्री ?

किन नेपाल आउँदैछन् जापानी विदेशमन्त्री ?


काठमाडौं– जापानका विदेशमन्त्री तारो कोनो पुस अन्तिम साता नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी पुस २५–२६ गते नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

केही दिन अघि मात्र जापानले विदेशी कामदारको नीति परिवर्तन गर्दै नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने निर्णय गरेकोमा विदेशमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै परराष्ट्रमन्त्री ज्ञवालीसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नेछन्।

भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ।

यसअघि मन्त्री ज्ञवालीले मंसिर १(५ सम्म जापान भ्रमण गरेका थिए।