सेनाको रथीमा बढुवा भए गिरी, उपरथी तण्डुलको पदावधी थप नहुने 

सेनाको रथीमा बढुवा भए गिरी, उपरथी तण्डुलको पदावधी थप नहुने 


काठमाडौं– नेपाली सेनाका उपरथी शरद गिरी रथीमा बढुवा भएका छन् ।  मन्त्रिपरीषदको शुक्रवार वसेको वैठकले उपरथी गिरीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । 

सेनामा रथीको दरबन्दी गत भदौ २४ देखी रिक्त रहेको थियो । रथी बढुवामा सिफारीस भएका गिरी सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुख थिए ।  उनि उपरथीको वरियतामा तेस्रो नम्बरमा रहेका थिए । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले वरियतामा अघि रहेका अनुज वस्नेत र देव सुवेदीलाई रथीमा बढुवा नगरेपछि गिरी नै बढुवाको लाइनमा थिए । सेनापति थापाको आदेशमा 

सैनिक सचिव सरोज प्रताप राणाले सैनिक नियमावलीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले उपरथी गिरीलाई रथी दर्जामा पदोन्नतीको लागी गरेको सिफारीस प्रधानसेनापतिबाट सदर भएको सुचना प्रकाशित गरेका थिए ।  

रथीमा बढुवा भएका गिरी उपत्यका पृतनाका पृतनापति बनेका थिए । उनी यसअघि सेनाको निकै महत्वपूर्ण मानिने निती निर्देशनालय र युद्धकार्य महानिर्देशनालयका महानिर्देशक थिए । बढुवाअघि स्टाफ कलेजमा कार्यरत गिरीले त्यहा र उपत्यका पृतनामा निकै सुधार गरेको बताईन्छ । 

गिरी व्यवसायीक सैनिक अधिकृत भएकाले प्रधानसेनापतिले उनलाई बढुवाका लागी सिफारीस गरेको उनि निकट स्रोतको भनाई छ । रथीमा बढुवा भएका गिरी १९ बेसिकका सैनिक अधिकृत हुन् ।

त्यसपछि वरियतामा क्रमस प्रभुराम शर्मा, गौरव तण्डुल, समिर शाही र ईश्वर हमाल छन् । 

सैनिक स्रोतले दिएको जानकारीअनुसार उपरथी गौरव तण्डुलको समेत पदावधी थप नहुने निश्चित भएको छ । उनको पदावधी थप नभएको अवस्थामा छिटै अवकास हुनेछ। उपरथी तण्डुल सम्भाररथी विभाग प्रमुख हुंदा आर्थीक विवादमा आएका थिए । तण्डुलमाथी ठेकेदारसंग मिलेमतो गरेर संगठनलाई घाटा पुर्याएको आरोप छ । 

तण्डुलको वारेमा लिखित उजुरी आएपछि प्रधानसेनापति थापाले उनलाई सम्भाररथी विभागबाट सरुवा गरेका थिए ।उनको ठाउंमा उपरथी रघु भण्डारीलाई सम्भाररथीको जिम्मेवारी दिइएको छ । उपरथी तण्डुल हाल सैनिक तालिम तथा विनय महानिर्देशनालयमा छन् ।