प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई हुंदै, नाम आजै अनुमोदन गर्ने तयारी

प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई हुंदै, नाम आजै अनुमोदन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई हुंदैछ । राणाविरुद्ध समितिमा नौ वटा उजुरी परेका छन् । राणाको जवाफ चित्त बुझ्दो भए आईतवार नै उनको नाम अनुमोदन गर्ने समितिको तयारी छ । समितिले यसअघि नै उजुरीकर्ताहरुसंग छलफल गरिसकेको छ ।

संसदीय सुनुवाई समितिको बैठक आज २ बजेका लागी बोलाइएको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राणा आफै उपस्थित हुनेछन् ।

यो पनि पढ्नुहोस् –

प्रधानन्यायाधीशमा चोलेन्द्रलाई अस्वीकृत गर्नै ‘स्वतन्त्र हैसियत’ सुनुवाइ समितिसँग छ ?

सुनुवाईका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुने संसदीय सुननुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।

राणालाई संबैधानिक परिषदले केही साता अघि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । उनको नियुक्ती विरुद्ध तत्कालिन माओवादी र एमालेका सासंदहरु रहेका थिए । तर,यसपटक भने नेकपा उनको पक्षमा उभिने देखिएको छ ।