स्याङयोङ गाडीको नयाँ वर्ष योजना

स्याङयोङ गाडीको नयाँ वर्ष योजना


काठमाडौं – नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्ने कम्पनीको भनाइ छ ।

योजनाअन्तर्गत गाडी खरिदमा १ वर्षको निःशुल्क बिमा, पुरानो गाडीको स्पटमै उत्कृट मूल्यांकन, सरल फाइनान्स सुविधा, १ वर्षको रोड ट्याक्स छुट, ३ वर्षको वारेन्टी ५ वर्षसम्म निःशुल्क सर्भि्सिङलगायत सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुंदै आएको छ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो । कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपीभीहरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।