देशको इज्जत राखेको भन्दै अध्यक्ष प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई

देशको इज्जत राखेको भन्दै अध्यक्ष प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई


ललितपुर– देशको इज्जत राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शारीरिक सुगठनमा विश्व स्तरको प्रतिर्स्पधामा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन्।

शारीरिक सुगठनमा हालै मात्र आयोजना भएको विश्व स्तरको प्रतिष्पर्धामा स्वर्ण पदक विजेता महर्जन प्रचण्ड निवास खुमलटारमा अध्यक्षलाई भेट गर्न पुगेका थिए। उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिए।

“तपाईले उत्कृष्ट कौशल देखाउनुभयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ,’ अध्यक्षले भेटका अवसरमा भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ।’

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताए।  राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउँदै अध्यक्षले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने जनाए।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गरेका थिए।  महर्जनले मिस्टर युनिभर्समा सहभागी हुने इच्छा रहेको समेत उक्त अवसरमा बताएका थिए।

अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे।  अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत बताए।