प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाईमा सांसदहरूको प्रश्नै-प्रश्न ?

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाईमा सांसदहरूको प्रश्नै-प्रश्न ?


काठमाडौैं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरी आइतबार पनि टुंगाउन सकेन । सिँहदरवार स्थित संसदीय सुनुवाई समितिको बैठक कक्षमा चलिरहेको सुनुवाईमा राणाले सांसदहरुको जटिल प्रश्नहरुको सामना गर्नु परेको थियो ।

राणामाथि परेका उजुरीमाथि समितिका सदस्यहरुले जवाफ माग्ने र राणाले जवाफ दिने काम आइतबार (हिजो) नसिकएकोले मंगलबार सम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए । सभापति कर्णले राणाबारेको छलफल सोमबार नै टुंग्याउन प्रस्ताव गरेपनि कांग्रेसका सांसदहरुको कार्यव्यस्थताको कारण मंगलबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।

संसदीय सुनुवाई विशेष समितिको आइतबारको बैठकमा राणाले आफनो अवराधरणा र कार्ययोजना पेश गरेका थिए । अवधारणापत्रमा आन्तरिक तथा बाहय रुपमा अदालतभित्र हुने भ्रष्टाचार, विचौलिया निर्मुलन, स्वच्छ न्यायपलिकोको लागि प्रतिवद्धता जनाएका छन ।

समितिको बैठकमा सांसद शिवकुमारर मण्डलले राणाको अदालतमा प्रवेश नै ब्ल्याकमेलबाट भएको भन्ने आरोप लगाएका थिए भने जुवातास कानुनी अपराध भएपनि मनोरञ्जन र बौद्धिक खेल भएको भनेर फैसला गरेको, इजलाश बहिस्कार गरेको, पूर्व राजाको सम्पत्ति नेपाल ट्रस्टमा आएपनि पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरीलाई दाइजो भन्दै फैसलाको प्रश्नको जवाफ मागेका थिए ।

यस्तै संसद जिजेन्द्र देवले न्यायलयमा हुने भष्ट्रचारलाई शुन्य सहशिलता, न्याय सम्पादनलाई छिटो छरितोबनाउन न्यायलय स्वच्छ बनाउन इमान्दारिताको आवश्यकता रहेको बताएका छन् ।

यस्तै संसद ज्ञानेद्र कार्कीले राणा ४ वर्षको लागि प्रधानन्यायधिस हुन लागेको भन्दै राणाको लागि अवसर र चुनौती दुबै रहेकाले मुद्दा मामिलामा न्यायचित गर्न आवश्यक रहेको बताएका छन् । आइतबारको सुनुवाई समितिमा गरिब तथा दिन दुखी न्यायपालिका सम्म पुग्न नसकेको भन्दै बिपन्न वर्गको पहुच आवश्यक रहेको बताएका थिए ।