घुस दिन खोज्ने गोरु तस्करलाई थुनामा पठाउने डिएसपी सिहं पुरस्कृत

घुस दिन खोज्ने गोरु तस्करलाई थुनामा पठाउने डिएसपी सिहं पुरस्कृत


काठमाडौं – पांच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिहंलाई नगद पुरस्कार प्रदान गरेको छ ।

पुस १३ गते डिएसपी सिंहले आफुलाई घुस दिन आएका ‘गोरु तस्कर’ हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापालाई घुस रकमसहित पक्राउ गरेर मुद्धा चलाएका थिए ।

डिएसपी सिंहले प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी तस्करीजन्य कार्य गर्नको लागि पैसा दिन खोज्नेहरुलाई नियन्त्रणमा लिएर घुसबापत दिन खोजेको ५० हजार नगद बरामद गरेर उत्कृष्ट कार्य गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसन्धानको क्रममा कोहलपुर प्रहरीले नियन्त्रणमा लिएका गोरु कारोबारीहरु देवान र थापाले बाँकेबाट दाङ हुँदै भारततर्फ अवैध रुपमा गोरु तस्करी गर्ने गरेको खुलेको छ । यसैबीच ५ नम्बर प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत इन्सपेक्टर बोधराज रेग्मीलाई पनी पुरस्कृत गरेको छ ।