नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको पुल तोडफोड

नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको पुल तोडफोड


बागलुङ – नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौंवा खोलाको पुल सोमबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

जैमिनी नगरपालिका–७ जैदी स्थित राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए।

क्षेत्रीको नामसहितको विवरण राखिएको शीलालेख र केही संरचना फुटालिएको भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए। तोडफोड गर्ने समूहको खोजी भैरहेको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए। कोरिडोर सेनाले निर्माण गरिरहेको छ।  बिना कारण भौतिक संरचनामा तोड फोड भएको भन्दै उप प्रमुख लिला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताए।