चितवनमा पुनः मतदान सूरु,रेणु दाहाल र देवी ज्ञवालीमध्ये कस्ले मार्ला बाजी ?

चितवनमा पुनः मतदान सूरु,रेणु दाहाल र देवी ज्ञवालीमध्ये कस्ले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– सर्वोच्च अदालतको आदेशपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान सूरु भएको छ । मतगणनामा माओवादी केन्द्र र एमाले कार्यकर्ताविच लफडा हुदा मतगणना स्थगित भएको थियो ।  चितवनमा मतदान उत्साहपुर्वक सुरु भएको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । ३ हजार ८ सय ९७ मतदाता रहेको १९ नम्वर वडामा यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो । चितवनमा भारी वर्षा हुदा समेत मतदाताहरु उत्साहपुर्वक मतदान गरीरहेका छन् ।  भरतपुरको चुनावमा यसअघि मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

 

शुक्रवार भइरहेको चुनावको सुरक्षाको लागी नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागका एक हजार सुरक्षाकर्मी परिचालित भएका छन् ।
मेयरका उम्मेदवार एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादी गठवन्धावाट रेणु दाहाल यतिबेला चुनावी रस्साकस्सीमा छन् ।

 

भरतपुरमा यसअघि १८ नं. वडासम्म मतगणना भएको छ । जसमा एमालेका ज्ञवाली रेणुभन्दा ७ सय ३३ मतले अघि छन् । देवीको ४० हजार ९८० मत रहेको छ भने रेणुको ४० हजार १९६ मत छ ।  माओवादी र कांग्रेसको तर्फबाट मेयरको साझा उम्मेदवार रहेकी दाहाललाई जिताउन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा वुधवार चितवन पुगेका थिए । देउवाले आफना कार्यकर्तालाई निर्देशन दिदै दाहाललाई जिताउन इमान्दारीतापुर्वक लाग्न निर्देशन समेत दिएका थिए ।

 

 

एमाले र माओवादीका शिर्ष नेताहरु सवै चितवन पुगेर आ– आफनो उम्मेदवारलाई जिताउने अभियानमा खटिएका छन् ।  भरतपुरमा १९ नम्वरमा रेणु दाहालले अत्यधिक मत पाउने आशा गरीएको छ भने एमाले उम्मेदवार ज्ञवालीको पक्षमा जनताको सहानुभुती देखिन्छ ।