काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत सहभागी थिए । नवनियुक्त प्रधानन्यायाधीश जबराले आजै कार्यभार सम्हाल्ने छन्।
संसदीय सुनुवाइ समिति समक्ष आफू प्रधानन्यायाधीशमा नियुक्त भए न्यायालयलाई गौरव गर्न लायक बनाउने जबराले प्रतिवद्धता व्यक्त गरेका थिए। २९ औं प्रधानन्यायाधीश बन्ने जबराले तीन वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन्।
उनी सर्वोच्च अदालतको उच्च तहमा पुग्ने राणा परिवारका दोस्रो हुन्। यसअघि २०५३ सालमा त्रिलोकप्रताप राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए।
प्रतिक्रिया