प्रधानन्यायाधीश राणालाई जोशीले दिए खुसुक्क बधाई

प्रधानन्यायाधीश राणालाई जोशीले दिए खुसुक्क बधाई


काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई विवादस्पद न्यायाधीश दीपकराज जोशीले बधाई दिएका छन् । सर्वोच्च स्रोतले दिएको जानकारीअनुसार न्यायाधीश जोशीले प्रधानन्यायधीशको कार्यकक्षमै गएर बधाई दिएका हुन् ।

‘बाहिर जे जे भनेपनि उहाले भेटेरै बधाई दिईसक्नुभएको छ, उहाहरुबीच केही समय गोप्य कुराकानी समेत भएको छ ।’ प्रधानन्यायधीशको सचिवालयका एक कर्मचारीले भने ।

नवनियुक्त प्रधानन्यायाधीश राणाको स्वागत कार्यक्रममा भने न्यायाधीश जोशी सहभागी थिएनन् । न्यायाधीश जोशीलाई राणाले स्वागत र सपथ समारोहमा सहभागी नगराउन मौखिक आदेश दिएको चर्चा सर्वोच्चमा छ ।

प्रधानन्यायाधीश राणाले सर्वोच्चमा संचारकर्मीसंग कुरा गर्दै अब जोशीको कुनै पेशी नतोकिने बताए । ‘आज उहांलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’ उनले भने ।

राणाले जोशीलाई राजीनामा दिएर बाटो खोल्न आग्रह गरेको बताईन्छ ।