थुनामा रहेका राजपाका नेता रेशम चौधरीले शपथ लिँदै

थुनामा रहेका राजपाका नेता रेशम चौधरीले शपथ लिँदै


काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले बिहिबार सपथ लिँदैछन्।

सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् ।

टीकापुर हत्याकाण्डका आरोपी उनी फरार रहेकै अवस्थामा चुनाव लडेर विजयी भएका थिए । तर, त्यतिबेला निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको थिएन । प्रमाणपत्र नदिएपछि उनलाई सभामुखले पनि सपथग्रहण गराएका थिएनन् ।

पछि उनी जिल्ला अदालत कैलालीमा हाजिर भएपछि प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । राजपा नेपालले रेशम चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएको थियो ।