प्रधानन्यायाधीश जबराकाे एक्सन, दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो

प्रधानन्यायाधीश जबराकाे एक्सन, दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो


काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा आज काठमाडौँ अदालत निगरानी गरेका छन्।

राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएअनुसार बिहीबारदेखि नै अदालतको निगरीना शुरु गरे। न्यायालयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन आफूले काम गर्ने उनको कार्ययोजना छ ।

न्यायपरिषद् बैठकः जोशीलाई जिम्मेवारीमुक्त

न्यायपरिषद्को आजको बैठकले संवैधानिक इजलासमा न्यायाधीश रहने निर्णय गरेको छ । प्रधानन्यायाधीश राणा र न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलास रहने निर्णय गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहने व्यवस्था छ । यसअघि संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी हुनुहुन्थ्यो । बुधबारदेखि नै जोशीलाई मुद्दामा पेशी नतोक्ने राणाको घोषणाअनुसार संवैधानिक इजलासका जिम्मेवारीबाट पनि मुक्त गरिएको छ ।

बैठकले न्यायाधीश जोशी मेलमिलाप परिषद्का अध्यक्ष रहेको स्थानमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै उच्च अदालत जनकपुरमा बेथिती बढ्दै गएकाले नियन्त्रण गर्न उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाउने निर्णय गरेको छ ।

बैठकले न्यायाधीशविरुद्ध परेका उजुरीको छानविनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा संयन्त्र बनाउने निर्णयसमेत गरेको छ । संसदीय सुनुवाइ समितिमा न्यायाधीशविरुद्धका उजुरी छानविन गरी कारवाही नगरेको विषयमा सांसदले प्रश्न उठाउनुभएको थियो । प्रधानन्यायाधीश राणाले आगामी दिनमा त्यो काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए।रासस