नैंन्सी पेलोसी अमेरिकी प्रतिनिधि सभाको सभामुखमा नियुक्त

नैंन्सी पेलोसी अमेरिकी प्रतिनिधि सभाको सभामुखमा नियुक्त


एजेन्सी – अमेरिकामा डेमोक्रेटिक पार्टीकी सांसद नैंन्सी पेलोसी अमेरिकाको प्रतिनिधि सभाको सभामुखमा नियुक्त भएकी छिन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएसँगै उनी अमेरिकाको सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । उनी राष्ट्रपति र उप राष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति पनि बनेकी छन् ।

अमेरिकामा हालै भएको मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । ७८ वर्षीय पेलोसी राष्ट्रपति ट्रम्पको मेक्सिको सीमामा पर्खाल बनाउनका लागि आवश्यक बजेट विवादका बीचमा सभामुखमा चुनिएकी छिन् । जबकी उनी राष्ट्रपति ट्रम्पको यो निर्णयको विरोधमा थिइन् ।

सभामुखमा नियुक्त भएसँगै गर्व लागेको बताउँदै उनले देशको सेवा गर्नका लागि महिला योग्य रहेको प्रतिक्रिया दिएकी छिन् । सभामुखसगै उनले अमेरिकी संसदमा विपक्षीको नेतृव्व पनि गर्नेछिन् । यसका साथै सन २०१८को मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको रणनीतिकार पनि रहेकी थिइन् । पेलोसी सधैँ रिपब्लिकन पार्टीको निशानामा रहने गरेकी थिइन् । उनीमाथि सभामुखको जिम्मेबारी निभाउन नसकेको आरोप लाग्ने गरेको थियो ।

नैंन्सी पेलोसीको बाल्यकाल पूर्वी अमरिकाको मैरील्याण्ड राज्यको बाल्टिमोर शहरमा बितेको थियो । उनका बुवा त्यहाँका मेयर थिए । सात भाई बहिनीमध्ये सबैभन्दा कान्छी पेलोसी एक्ली छोरी हुन् । सन १९७६ मा आफ्नो परिवारको राजनीतिक सम्बन्धको लाभ उठाउँदै पेलोसीले राजनीतिमा कदल चलाएकी थिइ् ।