‘काठमाडौं बिकृती–विसंगतीको धुलोले भरिएको छ, त्यसलाई हटाउँछु’ –गृहमन्त्री शर्मा

‘काठमाडौं बिकृती–विसंगतीको धुलोले भरिएको छ, त्यसलाई हटाउँछु’ –गृहमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौंमा भरिएको विकृती र विसंगतीको धुलो हटाउन आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रवार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौंको लैनचौरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रि शर्माले भन्नुभयो, ‘काठमाडौंमा भरिएको विकृति र विसंगतीको धुलोलाई हटाउन प्रतिबद्ध छु, त्यसका लागी जनताको सहयोग चाहेको छु ।’

काठमाडौंको विकृती अन्त्यका लागी गृह प्रशासनले ब्यवस्थित प्रहरी परिचालन गर्ने उल्लेख गर्दै मन्त्रि शर्माले भन्नुभयो, ‘सड्कमा उड्ने धुलो मात्र हैन, काठमाडौं धेरै खालको धुलोले भरिएको छ जसले हाम्रो महानगर र राजधानीलाई विकृत बनाएको छ, यो विकृतिको अन्त्य हुनुपर्छ ।’

 

‘ति बिकृतिहरु सड्कमा मात्र छैन कोठा भित्र पनी छ, त्यो विकृति हल गर्नु अबको दायित्व हो’ मन्त्रि शर्माले भन्नुभयो, ‘त्यसमा गृह प्रशासनको मुख्य भुमिका रहन्छ, जसमा तपाई नागरिकको सहयोग भयो भने थोरै समयमा काठमाडौं क्लिन हुनेछ ।’

काठमाडौं बासिलाई आफ्नो टोल र गल्लिमा हुने गतिवीधीको रिपोर्ट गर्न आग्रह गर्दै मन्त्रि शर्माले भन्नुभयो, ‘हरेक टोल र गल्लिको  रिपोर्ट पाएमा प्रहरीले काम गर्न सक्नेछ, त्यसमा प्रहरी कर्मचारीलाई थोरै पनी बद्मासी गर्न दिईने छैन ।’

काठमाडौंमा ढुक्कले सास फेर्ने अवस्थाको सिर्जना गर्नु अहिलेको गृह प्रशासनको मुख्य कार्यभार रहेको उल्लेख गर्दै मन्त्रि शर्माले हरेक टोल र गल्लिमा सामुदायीक प्रहरीले जनतासँग जोडिएर क्लिन काठमाडौं बनाउने बताउनुभयो । ‘सुरक्षाको पहिलो आधार सचेत नागरिक हुन्, नागरीकको सहयोग बिना प्रहरीले मात्रै सवै कुरा गर्न संभव छैन’ उँहाले भन्नुभयो, ‘सिमीत संख्यामा रहेका प्रहरीको एकल प्रयत्नमा मात्रै सुरक्षा संभव हुँदैन, त्यसका लागी जनस्तरबाट सहयोगको आवश्यकता छ ।’

 

सामुदायिक प्रहरीको अहिलेको कामलाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै मन्त्रि शर्माले अब हरेक टोलहरुले आफ्ना सुरक्षा स्वयंसेवक तयार गर्नुपर्ने बताउनुभयो ।

 

‘हरेक टोलमा हुने स्वयंसेवकलार्इं सहजिकरण गर्नका लागी प्रहरीहरु हुनेछन्’ मन्त्री शर्माले भन्नुभयो, ‘हरेक सामाजिक ईकाई र गल्लिहरुमा सिसि क्यामरा हुनेछन्, त्यसलाई कन्ट्रोलबाट नियन्त्रण गरिने छ, हरेक घर, होटल गल्लि र स्टेडियम भित्र के भईरहेको छ भन्नेकुरा जनताले थाहा पाउनुपर्छ, त्यो कुराको मनिटरिङ सुरक्षा निकायले गर्नेछन् ।’