कांग्रेसले माग्यो पर्यटनमन्त्री अधिकारीको राजीनामा

कांग्रेसले माग्यो पर्यटनमन्त्री अधिकारीको राजीनामा


काठमाडौं – विपक्ष दल नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको तत्काल राजीनामा दिननुपर्ने माग गरेकी छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले वाइडबडी विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गरिन् ।

उनले ४ अर्ब ३५ करोड वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन् । कांग्रेस सांसद आलेले वाइडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो