दम्पती नै ब्राउन सुगरसहित पक्राउ

दम्पती नै ब्राउन सुगरसहित पक्राउ


भद्रपुर – लागुऔषध ब्राउन सुगरसहित प्रहरीले झापाबाट दम्पतीलाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू छन्।

अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा २४.७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेको छ।