तुर्केमिनिस्तानका राजदूतले परराष्ट्रमन्त्री महरालाई यस्तोसम्म भने

तुर्केमिनिस्तानका राजदूतले परराष्ट्रमन्त्री महरालाई यस्तोसम्म भने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ-काठमाण्डौ- उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि तुर्केमिनिस्तानका गैरआवासीय राजदूत परखान्त एच दुड्र्येभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । पराष्ट्र मन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले द्विपक्षीय परामर्श संयन्त्र गठन गरेर आपसी सहयोग र चासोका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो ।

 

उहाँले व्यापार, लगानी, खेलकुदलगायतका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो । संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र समूह–७७ जस्ता बहुपक्षीय मञ्चमा दुई देशले सहकार्य गर्न सक्ने परराष्ट्रमन्त्री महराले बताउनुभयो ।

सो अवसरमा राजदूत परखान्तले आगामी सेप्टेम्बर १७ देखि २७ सम्म आफ्नो मुलुकमा हुन गइरहेको पाँचौ एसियन इन्डोर एन्ड मार्सल आर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन अनुरोध गर्नुभयो ।

उहाँले उक्त प्रतियोगिता आफ्नो मुलुकका लागि ठूलो अवसर भएको बताउँदै उद्घाटन समारोहमा उच्चस्तरको सहभागीताका लागि अनुरोध समेत गर्नुभयो ।

राजदूतको अनुरोधप्रति परराष्ट्रमन्त्री मन्त्री महराले उच्चस्तरीय सहभागीका लागि पहल गर्ने र आफ्नो देशबाट पनि उक्त प्रतियोगितामा सहभागीता जनाउने तयारी भएको जवाफ दिनुभयो ।