काठमाडौंमा हल्का वर्षा, चन्द्रागिरीमा हिउँः यस्तो छ आजको मौसम

काठमाडौंमा हल्का वर्षा, चन्द्रागिरीमा हिउँः यस्तो छ आजको मौसम


काठमाडौं – आज (सोमबार) उपत्यकासहित देशका केही पहाडी भूभागमा विहान हिउँदे वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण यो सालको पहिलो हिँउदे बर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको जनाएको छ ।

काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविदले जानकारी दिए ।

आज सवैभन्दा बढि वर्षा धनगढीमा भएको छ । त्यहां ९ मिलिलिटर पानी परेको छ । मौसमविदका अनुसार आज साँझसम्म नै उपत्यका सहित पूर्वि नेपालको आकाश बादलले ढाक्नेछ । मंगलबारदेखि भने मौसम क्रमश खुल्नेछ ।