लोकमान भक्त गुप्तचर प्रमुख रेग्मी बर्खास्त, यस्ता छन् नयां गूप्तचर प्रमुख अधिकारी 

लोकमान भक्त गुप्तचर प्रमुख रेग्मी बर्खास्त, यस्ता छन् नयां गूप्तचर प्रमुख अधिकारी 


काठमाडौं–  सरकारले देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवाअवधी हटाएको छ ।  विवादित पृष्ठभुमि भएका अनुसन्धान प्रमुख दिलिप रेग्मीलाई सरकारले यहि आधारमा अवकास दिइसकेको छ ।  

यसअघि गुप्तचरमा ३० वर्षे सेवाअवधी रहेको थियो भने प्रमुखको कार्यकाल ४ वर्ष रहने व्यवस्था थियो । त्यसका साथै संगठन प्रमुख हुन ५८ वर्ष उमेर हद तोकिएको छ । यहि आधारमा रेग्मीको कार्यकाल आगामी जेठ १४ मा सकिदै थियो । 

सरकारले संगठन प्रमुख नियुक्त गरेका एआईजी गणेश अधिकारीको पनि आगामी असार मसान्तमा  अवकास हुंदै थियो । पुरानो नियमअनुसार अधिकारी एकमहिना आईजी हुन पाउने अवस्था थियो । तर, सरकारले ऐन पुर्नलेखन गरेर अधिकारीलाई संगठन प्रमुख बनाउने निर्णय गरेको छ । गुप्तचरका जिल्ला कार्यालयहरु हटाउने निर्णय समेत भएको स्रोतको दावी छ । 

तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको पालामा रेग्मी पार्टीगत निकटताका आधारमा संगठनको प्रमुख वनेका थिए । 

उनिभन्दा चार वर्ष सिनियर डिआईजी देवराज भट्टलाई एआईजी बढुवामा पछि पार्दै रेग्मीलाई संगठन प्रमुख बनाइएको थियो । रेग्मीको तीन वर्षे कार्यकाल त्यति सुखद भएन् । उनीमाथी आर्थीक मामलामा मुझिएको र काम गर्न नसकेको आरोप लागिरहे । तर, कहिले तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की र कहिले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु देउवासंगको निकटताका कारण उनी पदमा टिकिरहेका थिए । 

२०४६ सालमा अधिकृतमा भर्ना भएका रेग्मी लेखापाल पृष्ठभुमिबाट संगठनको प्रमुखसम्म बनेका थिए । उनीसंग जिल्लामा काम गरेको अनुभव थिएन् । त्यतिमात्र होईन गुप्तचर मुख्यालयमा समेत उनी आर्थीक मामला हेर्ने जिम्मेवारीमा मात्रै सधै खटिए ।   पछिल्लो समय गुप्तचर विभागले काम गर्न नसकेको भन्दै संगठन प्रमुखलाई हटाउन सरकारमाथी दबाव थियो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै गुप्तचरलाई आफु मातहत लिएका थिए । अहिले गुप्तचरको पुर्नसंरचना गर्ने र प्रतिरक्षा नितीलाई बलियो बनाउने गरी काम भइरहेको छ ।  रेग्मीले सोमबार अधिकारीलाई बधाई दिएर विदा भएका छन् । उनले वरखवागस्थित मुख्यालयमा आयोजित विदाई कार्यक्रममा आफुजस्तै अधिकारीलाई सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेका थिए । 

अधिकारी पनि रेग्मीसंगै २०४६ सालमा गुप्तचर विभागमा अधिकृतका रुपमा प्रवेश गरेका उच्च गुप्तचर अधिकारी हुन् । उनि लामो समयदेखी गुप्तचरमा प्रशासन विभागको प्रमुखको रुपमा कार्यरत थिए । 

पाल्पा घर भएका अधिकारी डिआईजीको रुपमा पुर्व क्षेत्रमा वस्नुका साथै लामो समय गृहमन्त्रालयको राष्ट्रिय परिचय पत्र विभागमा खटिएका थिए । उनकै पहलमा स्मार्ट कार्डको योजना अघि बढाईएको थियो । 

अधिकारीको अमेरिका,भारत र चीनमा पनि बलियो सम्पर्क छ । प्रविधीमा दक्ष भएका अधिकारी नेपालको गुप्तचरलाई टेक्निकल ईण्टेलिनजेन्समा दक्ष बनाउनुपर्छ भन्ने पक्षधर हुन् । उनले अमेरिकाको हवाईबाटसमेत उच्च तहको तालिम गरेका छन् । अधिकारी सुचनाको विश्लेषण गर्न सक्ने र सुचनामाथी पहुंच भएका गुप्तचर अधिकारीको रुपमा चिनिन्छन् । हालसम्म कुनै पनि विवादमा नआएका र क्षमतावान अधिकृतका रुपमा चिनिएका अधिकारीले कोमामाजस्तै रहेको संगठनलाई कसरी अघि बढाउंछन् त्यो भने हेर्न नै बाकी छ । 

तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई रेग्मीले पठाएको मन्त्री,नेता तथा उच्च सरकारी कर्मचारीको व्यक्तिगत विवरणको पत्र ।