यस्ता छन् नम्रताका प्रेमी दावा

यस्ता छन् नम्रताका प्रेमी दावा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चकलेटी नायिका नम्रता श्रेष्ठ प्रेमी दावा स्टीभन शेर्पासँग अहिले डेटिङमा ब्यस्त छिन् । उनीहरुको डेटमा रमाइरहेका छन् । गत वर्षको साउनमा यो जोडी २० दिन लामो गोप्य डेटका लागि न्युजिल्याण्ड निस्किएको समाचार सार्वजनिक गरेको हो ।

पछिल्लो समय यो जोडी डेटमा रमाइरहेको छ । नम्रता र दावा स्टीभन काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म डेटमा रमाइरहेका छन् । दावा स्टीभनले आफ्नो फेसबुकको कभर तस्विर नै सगरमाथातिर खिचिएको नम्रताको तस्विर राखेका छन् भने प्रोफाइल फोटोमा नम्रतासँग खिचिएको तस्विर छ ।

दावा उनका चौथा धनाढ्य प्रेमी हुन् । यसअघि उनको तीन जनासँग ब्रेकअप भइसकेको छ । अग्लो जिउडाल र विदेशी जस्ता देखिने स्टिभन शेर्पा र नम्रता झण्डै एक वर्षदेखि रिलेसनमा छन् ।

 

आखिर को हुन् विदेशी लुकका स्टीभन ?
३२ वर्षीय दावा स्टीभन शेर्पा पेशाले पर्यटन ब्यवसायी हुन् । उनले स्कटल्याण्डको हेरिओट–वाट विश्वविद्यालयबाट बिजनेश एडमिस्ट्रेशनमा डिग्री गरेका छन् । उनी डच, नेपाली, अंग्रेजी, हिन्दी र जर्मन गरी पाँचवटा भाषा बोल्न जान्दछन् ।

सगरमाथा आधार शिविरमा सर्वाधिक उचाइँमा रहेको वेकरीको मालिक समेत हुन् उनी । परिवारको माइला छोरा उनका बाबु नेपाली पर्यटन ब्यवसायिक आङछिरिङ शेर्पा र आमा बेल्जियमकी नागरिक हुन् । उनले दुई पटक सगरमाथाको आरोहण समेत गरिसकेका छन् ।

काठमाडौंमा सेलिब्रेटी छवि बनाएका स्टीभनको यसअघि पनि अन्य मोडलहरुसँग लभ अफेयर्स रहेको बताइन्छ ।