मलेसियन संसाधन मन्त्री भन्छन् -नेपाली कामदार आपूर्तिको रिपोर्ट दुई महिनापछि आउँछ

मलेसियन संसाधन मन्त्री भन्छन् -नेपाली कामदार आपूर्तिको रिपोर्ट दुई महिनापछि आउँछ


एजेन्सी – नेपाली कामदारहरुको आपूर्ति समबन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका मानव संसाधन मन्त्री दतुक ओमरले बताएका छन् । मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका हुन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने समेत बताए ।

‘विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ,’ उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’को भ्रमणको क्रममा भने । उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्ना सम्बद्धमा निगरानी गर्न गएका थिए ।

‘रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ । तर यो बीचमा उब्जने विदेशी कामदारसम्बन्ध अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ ।’ अघिल्लो वर्षको मेमा नेपालको सरकारले आफ्नो देशबाट मलेसिया जाने श्रमिकहरुमाथि धेरै शुल्क लिएको भन्दै अस्थाई रुपमा मलेसिया कामदार पठाउन रोकेको थियो ।

उक्त शुल्क मलेसियाका अघिल्लो सरकारले खटाएको नीजि कम्पनीहरुले उठाइरहेका थिए । नेपाल सरकारले नेपालभित्र रहेर धेरै मूल्य उठाइरहेका विभिन्न संस्थाहरुमा छापा मार्ने तथा अन्य कारबाही अघि बढाएको थियो । त्यो समयमा नेपाली कामदारहरु मलेसिया पठाउन रोकिएको थियो ।