सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीको बुढवा गर्न संसदीय समितिको निर्देशन

सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीको बुढवा गर्न संसदीय समितिको निर्देशन


काठमाडौं – संसदीय समितिले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुलाई बढुवा लगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीहरुको बढुवा लगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

सशस्त्र प्रहरी बलको बढुवा लगायतका वृत्ति विकास रोकिएको गुनासो आइरहेको थियो। सोही समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए। समितिले सशस्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले बादलले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवा लगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशस्त्र प्रहरी ऐन संशोधन प्रक्रिया सुरु गरिएको समितिलाई जानकारी गराए। उनले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको बढुवा लगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।