प्रधानसेनापति थापाले भारत जानुअघि भेटे प्रधानमन्त्री 

प्रधानसेनापति थापाले भारत जानुअघि भेटे प्रधानमन्त्री 


काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा प्रधानसेनापतिको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको स्रोतको दावी छ । सेनापतिले वालुवाटारमा प्रधानमन्त्रीसंग एक्ला एक्लै करिव दुई घण्टा भेटवार्ता गरेका हुन् । 

प्रधानसेनापति थापा आगामी पुस २७ गतेदेखि माघ २ गतेसम्म भारत भ्रमणमा जादैछन् । थापाले सेनाको नेतृत्व सम्हालेपछि पहिलो भारत भ्रमण हुन लागेको हो ।

बिमस्टेकका सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएपछि भारत असन्तुष्ट देखिएको बताईन्छ ।  प्रधानसेनापति थापा आफैं सहभागी हुने भनिएको संयुक्त सैनिक अभ्यासमा सरकारले नजान निर्देशन दिएपछि रोकिएको थियो । 

भारतकै प्रयासमा अभ्यास भइरहँदा नेपालले पूर्वप्रतिवद्धता उल्लंघन गर्दै सहभागिता नजाएको भन्दै भारतीय पक्ष असन्तुष्ट रहेको छ ।सेनापतिको भारत भ्रमणमा सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मको प्रयास रहने सैनिक स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्- 

 

प्रधानसेनापतिको आसन्न भारत भ्रमण : सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मका ऐजेण्डा