निर्मला हत्या प्रकरण : आमा दुर्गादेवीको रगत नमूना सङ्कलन

निर्मला हत्या प्रकरण : आमा दुर्गादेवीको रगत नमूना सङ्कलन


कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगतको नमूना सङ्कलन गरिएको छ। निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी थिइन्।

प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ। ुघटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,दुर्गादेवीले भनिन्, आवश्यक परीक्षणका लागि आग्रह गर्दछु।

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मानेका छैनन्। दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिइन्। प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताए।

निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो। हत्या भएको ५ महिना पुग्दा पनि प्रहरीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन सकेको छ। सो घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले बताउँदै आएको छ।