वन मन्त्रालयका सहसचिव श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

वन मन्त्रालयका सहसचिव श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गराएको छ।

हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिवको रुपमा कार्यरत रहेका श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा अवैध रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२८ माघ २०३८ देखि सार्वजनिक सेवा प्रवेश गरेका श्रेष्ठले तलवलगायत अन्य स्रोतबाट २ करोड १० लाख ७७ हजार ४ रुपैयाँ १६ पैसा आयआर्जन गरेको अख्तियारले जनाएको छ ।

सोही अवधिमा आफ्नो र परिवारका सदस्यहरूको नाममा विभिन्न शीर्षकमा ३ करोड ४४ लाख ७७ हजार खर्च गरेको अख्तियारको दाबी छ।

अख्तियारले श्रेष्ठबाट १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बिगो र सोहीअनुसार जरिवाना तथा कैद सजाय माग गरेको छ ।

श्रेष्ठले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती जमुना तण्डुकार र नवलपरासीको स्वाठी बस्ने भगवती योगको नाममा राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।