पृथ्वीजयन्तीमा नेपालगञ्ज उपमहानगरले दियाे बिदा

पृथ्वीजयन्तीमा नेपालगञ्ज उपमहानगरले दियाे बिदा


नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले  २९७औं पृथ्वीजयन्तीकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बिहीवार बसेको वैठकले पृथ्वी जयन्तीको अवसरमा शुक्रवार (पुस २७ गते) नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द हुनेछन् । उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत बन्द हुने मेयर धवल शमशेर राणाले जारी गरेको विज्ञप्ती उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व छ । स्थानीय तहको चुनाव अगाडि नै राप्रपाले आफ्ना उम्मेद्वार विजयी भएका स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने तथा पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।