पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण


काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन्। २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्यार्पण गरेका छन् । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।

पृथ्वीनाराणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वीजयन्ती मनाउने गरिएको छ । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि विदा दिने निर्णय गरेपनि हाल कटौती भएको छ । यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्।

उनीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनमा सार्वजनिक विदा नदिएकोमा सरकारप्रति असन्तुष्टि पनि जनाएका छन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रशासनिक कौशललाई ग्रहण गरेर अघि बढन पनि नेताहरुलाई सर्वसाधारणको सुझाव छ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले उनको सम्मानमा जन्मजयन्तिको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो। पृथ्वी जयन्तिको दिन दिँदै आएको विदा कटौति गरेपनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाइरहेको छ।