चीनको अदालतद्वारा क्यानडेली नागरिक रोबर्ट लोयडलाई मृत्युदण्ड दिने फैसला

चीनको अदालतद्वारा क्यानडेली नागरिक रोबर्ट लोयडलाई मृत्युदण्ड दिने फैसला


एजेन्सी – चीनको एक अदालतले लागुऔषध तस्करीको आरोपमा एक क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१८ मा उनलाई १५ वर्षको जेल सजाय तोकिएको थियो । तर त्यसविरुद्ध गरिएको अपिलमा सोमबार सुनुवाई गर्दै अदालतले यसअघिको सजाय निकै उदार रहेको बतायो र मृत्युदण्डको फैसला गरेको हो ।

चीनको टेलिकम जाइन्ट हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खा क्यानडामा पक्राउ गरेको केही हप्तापछि चीनले रोबर्टमाथिको सजाय फैसला बदलेको हो । यसले क्यानडा र चीनबिचको कूटनीतिक सम्बन्धमा तनाव आउने देखिएको छ ।

क्यानडाले पछिल्लो फैसलाको निन्दा गरेको छ । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरुका लागि यो गम्भीर चासोको विषय रहेको बताएका छन् । यो आफ्ना सबै अन्तर्राष्ट्रिय सहयात्रीका लागि पनि गम्भीर चासोको विषय बन्नु पर्ने ट्रुडोले उल्लेख गरेका छन् ।