रोल्पा – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले संघीयताका विषयमा भ्रम फैलाउन खोजिएको टिप्पणी गरेका छन् । संघीयता विरोधीले चलाएको यस्तो भ्रममा नपर्न आग्रह गर्दै उनले संघीयताले सवैको अधिकार सुनिश्चित गर्ने बताए ।
मगर तथा थारु समुदायको ठुलो पर्व माघीका सन्दर्भमा रोल्पाको माडिचौरमा आयोजित माघे मेला तथा खेलकुद महोत्वसमा बोल्दै मन्त्री पुनले संघीय संरचना अनुसार अहिले तीन तहका सरकारले जनताको समृद्धिका लागि काम गरिरहेको बताए ।
देशका राजनीतिक तथा सांस्कृतिक सम्पत्तिहरुलाई अब आर्थिक समृद्धिको अभियानसंग जोड्नुपर्ने खाँचो औल्याउंदै मन्त्री पुनले देशको सांस्कृतिक विविधताको जगर्ना सरकारले गर्ने बताए ।
माघी पर्वका अवसरमा दिईने गरिएको सार्वजनिक विदा समेत पुनरावलकन हुने बताउंदै मन्त्री पुनले मगर तथा थारु समुदायले पाउंदै आएको माघी विदा आगामी वर्षबाट थप हुने संभावना रहेको बताए ।
आफु जनताको घर दैलोमा मत माग्न जांदा उज्यालो रोल्पा बनाउने घोषणा गरेका मन्त्री पुनले यो अवधिमा ५० प्रतिशत काम सकेको र बांकी आधा रोल्पा डेढ वर्षभित्र उज्यालो बनाईसक्ने प्रतिवद्धता समेत गरे ।
प्रतिक्रिया