लक्ष्मी बैंक १ अर्बभन्दा बढी फाइदामा

लक्ष्मी बैंक १ अर्बभन्दा बढी फाइदामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशको क वर्गको बैंक लक्ष्मी बैंकले नाफा १ अर्ब भन्दा बढी कमाएको छ  । लक्ष्मी बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७३-७४ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब २४ लाख ७७ हजार खुद नाफा गरेको छ । यसअघि बैंकको अघिल्लो वर्षको नाफा ६७ करोड ७१ लाख रहेको थियो ।

 

उद्योगपति राजेन्द्र खेतान अध्यक्ष रहेको लक्ष्मी बैंकले ब्याज आम्दानीबाट १ अर्ब ६५ करोड आर्जन गरेको जनाएको छ ।  अघिल्लो वर्ष बैंकले ब्याज आम्दानीबाट १ अर्ब ३० करोड कमाएको थियो ।

 

७ अर्ब ४७ करोड चुक्ता पुजी भएको बैंकले असार मसान्तसम्ममा ५९ अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ५२ अर्ब ७३ करोड गरेको छ ।अघिल्लो वर्ष बैंकको निक्षेप ४८ अर्ब १५ करोड निक्षेप थियो भने कर्जा ४० अर्ब ३५ करोड थियो । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जको चर्चा भएपनि हाललाई भने त्यो सम्भावना टरेको बताइन्छ ।