काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिएका छन् । तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा डा श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत छन् ।
अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । चिसोका कारण निमोनिया भएपछि प्रा डा श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत लिएका थिए ।
प्रतिक्रिया