भारत–चीन युद्ध भएमा नेपालले के गर्नुपर्छ ?

भारत–चीन युद्ध भएमा नेपालले के गर्नुपर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोक्लाम क्षेत्रको त्रि–देशिय बिन्दुलाई लिएर अहिले भारत– चीन युद्धको नजिक आईपुगेका छन् । यो भारत– चीन विवाद देखिएपनि तेस्रो मुलुक भुटानलाई हामीले यसमा बिर्सनु हुंदैन ।  भुटानको केवल संयुक्तराष्ट्रसंघ, न्युर्योक र जेनेभा, ढाका, दिल्ली,कुवेत,बैंकक र ब्रसेल्समा मात्र राजदूतावास छ । राष्ट्रसंघ सुरक्षा परिषदमा कुनै पनि सदस्य राष्ट्रसंघ उसको दौत्य सम्बन्ध छैन् । अहिलेसम्म ३ वटा देशको दूतावास मात्र थिम्पुमा छ । 

 

२ बर्षअघि नेपालमाथी नाकाबन्दि हुंदा झण्डै तीन दर्जन दूतावास भएको नेपालको समर्थनमा अमेरिका,बेलायत, रुस र फ्रान्सजस्ता ठुला देशहरु एक शव्द बोलेनन् । प्रष्ट भाषामा भन्दा उनिहरु कसैले पनि  भारतलाई चिढाउन चाहेनन् ।

 

अहिले भुटान आफ्नो क्षेत्रभित्र चीनले बाटो निर्माण गर्न लागेको बताइरहेको छ । त्यत्रो आर्थिक र सैन्य महाशक्ति चीनविरुद्ध सानो भुटानको आवाज पश्चिमी कुन मुलुकले सुनिदिन्छ । त्यसैले अहिलेको विश्वव्यवस्थामा साना बिशेषगरि सामरिक महत्वका भूपरिवेष्टित मुलुकहरुका निम्ति ज्यादै निर्दयी सावित भएको छ ।  हो सानो देशले आफ्नो अन्र्तराष्ट्रिय छवि,आफ्नो स्वतन्त्र राष्ट्रिय छविलाई अक्षुण राख्न विश्व रंगमंचमा प्रमुख भूमिका खेल्न सक्नुपर्दछ । संसारबाट पृथक रहेर आफनो अस्तित्व जोगाउन सकिदैन भन्ने वुझाइका साथ भुटान अघि बढ्नुपर्छ । पछिल्लो समय सायद भूटानले यो कुरा वुझिपनि सकेको छ ।

 

सन् १९६२ मा पनि भारत–चीनबिच युद्ध भएको थियो । जसमा भूटानको हवाईमार्ग प्रयोग भएको थियो । तर,जिम्मेवार  एवं दूरदृष्टि भएका तत्कालिन नेपालको नेतृत्वले नेपाल भूमि दुरुपयोग हुन दिएनन । स्वयं भारतिय सैनिक चेक पोष्ट नेपालको उत्तरी भेगमा रहेर पनि नेपालले तीनलाई अर्को छिमेकविरुद्ध प्रयोग हुन दिएन् । त्यस युद्धमा भारतको पराजय भएको थियो । चीनको जनमुक्ति सेना आसामको तेजपुर आसापास आईसकेको थियो ।

 

नेपालले त्यतिवेला बेलैमा आफ्नो राष्ट्रिय हित बुझ्यो । राजा महेन्द्रले राष्ट्रवादी कार्ड खेले,अर्कोतिर त्यो बेला भारतसंग पनि नराम्रो सम्वन्ध कहिल्यै भएन । दिल्लीवाट ट्रान्सिट भएर तेस्रो मुलुक भ्रमण गर्न जादा पनि दिल्लीको पालम विमानस्थलमा भारतको शक्तिशाली प्रधानमन्त्री  नै राजा महेन्द्रको स्वागमा पुग्थे ।

 

तर, अव फेरी युद्ध भयो भने, नेपालले कसरी आफ्नो राष्ट्रिय जोगाउन सक्ला ? हामीले यो पनि बिर्सनु हुंदैन कि ७० बर्षअघिका यस हिमाली भेगमा धेरै राज्यहरु आफ्नो सार्वभौमिकता जोगाउन नसकेर अहिले विश्व मानचित्रबाट हराएर गएका छन् । जम्मु काश्मिर,मणिपुर,सिक्कम, भारतका राज्य वने भने तिब्बत चीनको स्वशासित प्रदेश बनेको छ । अब मात्र दुई वटा हिमाली राष्ट्र भुटान र नेपाल बांकि छौं ।

 

हामीले  एक आपसमा मित्रवत व्यवहार गरेर,एक अर्कोको राजधानीमा दूतावास खोल्न अत्यन्त जरुरी भइसकेको छ । तर,हाम्रा नेताहरुको दूरदृष्टि पटक्कै छैन् । नेपालमा भारत र चीन बाहेक अरु कुनै बाह्रय देशका सरकार वा राष्ट्र प्रमुखले भ्रमण गर्दैनन् । कुनै वखत महारनी एलिजाबेथ,सम्राट अकिहितो ,चान्सलर कोलबाट भ्रमण भएको नेपाल केवल भारत र चीनसंग भ्रमणको निम्तो मागेर एक्लिएको छ  ।

 

हाम्रा राजदूतहरु मुलुकलाई भन्दा अमुक राजनैतिक दललाई बिदेशमा प्रतिनिधिन्व गर्दछन् । कहिले नसकिने संक्रमणकालले हाम्रो अन्र्तराष्ट्रिय छविलाई नराम्ररी धुमिल्याएको छ ।  
यस्तो बिषम परिस्थितिमा भारत–चीन युद्ध भयो भने नेपाल पूर्ण तटस्थ रहनुपर्दछ । निर्माणधिन नयां एशिया शक्ति संरचनामा आफ्नो स्थानबारे समय छंदै विचार गर्नुमा नै हाम्रो हित छ ।

(कुटनीतिमा बिशेष दखल राख्नु हुने डा.निश्चलनाथ पाण्डेसंगको वार्तामा आधारीत)