भोजपुर केन्द्र भएर ४.५ रेक्टर भूकम्पको धक्का

भोजपुर केन्द्र भएर ४.५ रेक्टर भूकम्पको धक्का


काठमाडौं – भोजपुर केन्द्र भएर मंगलबार राति ४.५ रेक्टरको भूकम्प गएको छ।  भोजपुर र खोटाङको सीमा क्षेत्र धोत्लेखानी केन्द्र बनाएर भूकम्प गएको हो।

राति साढे १० बजे गएको भूकम्पको धक्का आसपासका जिल्लाका नागरिकले महसुस गरेका थिए। यो गोरखा भूकम्पको पराकम्प नभइ नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो २०७२ सालको भूकम्पकै परकम्प भएको भूकम्पविदले बताएका छन् । यसअघि मंगलबार दिउँसो काठमाडौं केन्द्र भएर ३ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको थियो भने पुस २६ गते रामेछाप केन्द्र भएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो।