परराष्ट्रमन्त्री महराले डोक्लाम समस्याबारे चीन र भारतका राजदूतसंग गरे गम्भिर छलफल

परराष्ट्रमन्त्री महराले डोक्लाम समस्याबारे चीन र भारतका राजदूतसंग गरे गम्भिर छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान हुनुपर्ने बताएका छन् । उनले चीन, भुटान र भारतबीच डोक्लाम क्षेत्रमा देखिएको तनावको बारेमा नेपालले कुनै पक्षको समर्थन नगर्ने समेत स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले  सीमा क्षेत्रको तनावमा नेपाल पूर्ण रुपमा तटस्थ बस्ने बताए ।

 

“डोक्लामको विवाद कूटनीतिक तरिकाले समाधान होस भन्ने हाम्रो नीति छ, त्यस क्षेत्रमा देखिएको तनामा नेपालले कुनै पनि देशको पक्षमा समर्थन नगर्ने निति अख्तियार गरेको ।” मन्त्री महराले पत्रकार सम्मेलनमा भने ।  

माओवादी केन्द्रका वरिष्ट नेता समेत रहेका परराष्ट्रमन्त्री महराले चीन र भारतले शान्तीपूर्ण तरिकाले डोक्लाम समस्याको समाधान निकाल्नुपर्ने पक्षमा नेपाल रहेको बताए ।  उनले नेपाल भ्रमणमा आउन लागेका दुवै देशका उच्च अधिकारीसंग डोक्लामा तनावबारे नेपालले कुनै पनि प्रकारको छलफल नगर्ने समेत स्पष्ट पारे । महराले चीन र भारतले नेपाललाई आफ्नो पक्षमा तान्ने कोशिस गरीरहेको भन्ने समाचारमा समेत सत्यता नभएको दावी गरे ।  उनले नेपालस्थित चीन र भारतका राजदूतसंग डोक्लाम प्रकरणबारे छलफल गरिसकेको जानकारी दिदै त्यसबारेमा भन्ने विश्तृत रुपमा तत्काल भन्न नमिल्ने बताए  ।

पछिल्लो समय चीन र भारतबीच सीमा युद्ध हुन सक्ने अनुमान चलिरहँदा नेपालको पोजिशन के होला भन्ने विषयमा छलफल सुरु भएको छ । चीनिया र भारतिय संचारमाध्यमले समेत यो विषयलाई उच्च महत्व दिएर समाचार प्रकाशित गरेपछि परराष्ट्रमन्त्री महराको यस्तो भनाई आएको हो ।