जनकपुर – धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा सो घटना भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
सिरहाको कमलाखोरबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको बसले ११ हजार भोल्टको तार छोएपछि बसभरि नै करेन्ट प्रवाह भएको र बसमा सबारमध्ये ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। मृतकको संख्या अझैं बढ्न सक्ने आशंका गरिएको छ ।
बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए । मृतकको शव अहिले पनि बस भित्रै छ । बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो ।
प्रतिक्रिया