दुर्घटनामा घाइते सीडीओलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

दुर्घटनामा घाइते सीडीओलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो


काठमाडौँ – शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकोमा उनलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर प्रजिअको जिपमा सवार प्रहरी हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गरिने बताइएको छ ।