जनमुक्ति सेनालाई पुर्नगठन गर्ने विप्लव माओवादीको तयारी 

जनमुक्ति सेनालाई पुर्नगठन गर्ने विप्लव माओवादीको तयारी 


काठमाडौं-  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनालाई पुर्नगठन गर्ने संकेत गरेको छ । देशमा क्रान्तिको आवश्यकता रहेको भन्दै उक्त पार्टीले त्यसका लागी सैन्य संरचना बनाउने संकेत गरेको हो । 

नेपाल कम्युनिष्ट पाटीको केन्द्रीय जनसुरक्षा विभागले विज्ञप्ती जारी गर्दै जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेनालाई पुर्नगठन गरी अघि बढ्न आग्रह गरिएको छ । 

विप्लव माओवादीले फौजी कार्वाहीलाई अघि बढाउने तयारी गरेको चर्चा चलिरहदा उक्त विभागका सचिव अठोटले विज्ञप्ती जारी गर्दै नेपालको क्रान्तिलाई पूरा गरी देशको सार्वभौमिकता र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिको बाटो अवलम्वन गर्नुको विकल्प नभएको दावी गरेका छन् । 

यस्तो छ विज्ञप्ती-