काठमाडौं – नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १८० देशमध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले वर्ष २०१८ मा भएका विभिन्न अध्ययन र अनुसन्धानका आधारमा सार्वजनिक गरेको १ सय ८० देशको सूचीमा नेपाल १२४औं स्थानमा देखाएको हो ।
आम निर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिएको टिआईले जनाएको छ। निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ।
टीआईले सन् १९९५ देखि यो सूचकांक सार्वजनिक गर्दै आएको थियो । नेपाल यो सूचीमा सन् २००४ देखि समावेश हुँदै आएको छ । विश्वभरका देशमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट ९भीडीईएम० ले गरेको अध्ययनलाई हेरेर टीआईले सूचकांक तयार गरेको हो ।
सरकारद्वारा सार्वजनिक क्षेत्ररपदाधिकारीहरूको कामकारबाहीमा निगरानीको स्थिति, नागरिक समाजलाई राज्यको कामकारबाहीको जानकारीमा पहुँचलाई विश्व बैंकले अध्ययन गर्दै आएको छ । त्यस्तै, वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, कर भुक्तानी ठेक्कापट्टा हात पार्न दिइने घूस, ग्लोबल इनसाइटले व्यापार व्यवसाय र आयात निर्यातमा भ्रष्टाचार, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थितिलाई अध्ययन गर्दै आएको छ ।
वल्र्ड जस्टिस फर प्रोजेक्टले सरकार न्यायालय, संसार र सुरक्षा निकायका पदाधिकारीद्वारा पदको दुरुपयोग र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको अध्ययन गरेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये भुटान ६८ अंक प्राप्त गरी २५ औं स्थान, भारत ४१ अंक प्राप्त गरी ७८ औं, श्रीलंका ३८ अंक प्राप्त गरी ८९औं, पाकिस्तान ३३ अंक प्राप्त गरी ११७ औं, मालदिभ्स ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छन्।
नेपाल ३१ अंक प्राप्त गरी १२४ औं, बंगलादेश २६ अंक प्राप्त गरी १४९औं र अफगानिस्तान १६ अंक प्राप्त गरी १७२ औं स्थानमा रहेका छन्। छिमेकी मुलुक चीन ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको छ। सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेसनलले मापन गरेको थियो। यस सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ।
प्रतिक्रिया