काठमाडौं – पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा नेपाल विद्यार्थी संघ कास्कीले आगजनी गरेको छ। नेविसंघले शनिबार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो।
दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ।
नेविसंघ कास्कीले शनिबार सरकारी गाडी चल्न नदिने निर्णय भएको बताएको छ। कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले आगो लगाउनेको खोजी कार्य भइरहेको जानकारी दिए।
प्रतिक्रिया